conference

कृषि उद्यमशीलताको विकास नगरी देश सम्बृद्ध हुन सक्दैन् । त्यसैले देशका सबै प्रयासहरु कृषि उद्यम विकासमा केन्द्रित गर्नु जरुरी छ । यसका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्य सबै मिलेर काम गर्नु अपरिहार्य छ । छरिएर रहेका उद्यम एवम्ं उद्यमीहरुलाई एकिकृत गर्दै अनुभवहरुको साँटासाट र युवाहरुलाई सो क्षेत्रमा आकर्षित गर्न आवश्यक नीति, कार्यक्रम तथा योजना लागू गर्न, तथा सरोकारवालालाई प्रोत्साहन गर्न राष्ट्रिय पहल आवश्यक देखिन्छ । सोही आवश्यकतालाई मध्यनजर गर्दै प्रथम युवा कृषि उद्यम सम्मलेन-२०७३ आयोजना गर्न लागिएको हो ।

सम्मेलनको औचित्य

कृषिमा संलग्न तथा संलग्न हुन चाहने व्यवसायी तथा कृषकहरुलाई साझा मञ्चमा ल्याई कृषिको बारेमा सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रियस्तरको कार्यक्रमको आवश्यकता रहेको छ । कृषिसम्बन्धि नीति तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै युवालाई जागरुक गराउन अनुभव तथा विज्ञहरुको ज्ञान तथा अनुभवलाई बहस गरी प्राविधिक रुपमा सहयोगसँगै संजालीकरण गर्नु यस सम्मलेनको प्रमुख उद्देश्य हो ।

युवालाई कृषिको बारेमा सकारात्मक सन्देश दिदैं अनुभव आदान प्रदान तथा व्यवसायी र कृषकबीच साझेदारीका लागि उचित वातावरण निर्माण गर्न र नेपाल सरकारसँगको साझेदारीमा भए गरेका योजना, नीति तथा कार्यक्रमलाई युवा कृषक मुखी बनाउन पैरवी तथा वकालत गर्नलाई पनि राष्ट्रियस्तरमा सामूहिक कार्यक्रमको आवश्यकता महशुस गरी ७५ ओटै जिल्लाबाट युवा कृषक तथा नव कृषकलाई एक ठाउँमा भेला पारी अनुभव आदानप्रदान तथा बहसचर्चा गर्न युवा कृषक उद्यम सम्मेलनको आयोजना गर्न लागिएको हो ।

 

कृषकलाई सुनौ, कृषिलाई बुझौ र उद्यम गरौं– कृषि क्रान्ति, हाम्रै पालामा !!!

 प्रस्तावित क्रियाकलापहरु

  1. कृषि नीति, योजना तथा कार्यक्रमहरुको बहस
  2. कृषि रत्न नामक पुस्तक प्रकाशन
  3. समानान्तर कार्यशाला
  •  फलफूल तथा तरकारी खेती
  • पशुपालन
  •  कृषि नीति तथा जमिनमा पहुँच
  • कृषि र पर्यावरण
  •  बजारीकरण र कृषि संवाद
  •  व्यवसायिक मोडेल

सहभागितामा सम्बन्धी जानकारी

१. प्रथम युवा कृषि उद्यम सम्मेलन २०७३ मा सहभागी हुनको लागि तोकिएको ढाँचाको आवेदन फारम भरेर उपलब्ध गराइएको ठेगानामा तोकिएको समयभित्र आयोजकलाई पठाउनु पर्नेछ ।

२.सहभागिताको लागि १६ देखि ४० वर्षसम्मको युवा हुनुपर्नेछ । तर कृषि विज्ञ, व्यवसायीयको तथा उद्यमीको हकमा यो नियम लागू हुनेछैन् ।

३. सहभागी छनोटका आधारमा युवा कृषि, व्यवसाय, उद्योग तथा खेतीमा संलग्न भएको वा कृषि अद्यनरत वा कृषिमा संलग्न हुन इच्छुक भएको हुनुपर्नेछ ।

४. छनोट भएका सहभागीहरुले आफ्नो कृषि सम्बन्धि नविनतम् योजना लिखित रुपमा पेश गर्नु पर्नेछ ।

५. काठमाडौं बाहिरबाट आउने सहभागीले यातायात भाडा तथा आवासको व्यवस्था आफैले गर्नु पर्नेछ । तर, सम्मेलन अवधिभरी २०७३ असार १६ र १७ गते आयोजकले खानाको व्यवस्था गर्ने छ ।

 

सहभागिता शुल्क सम्बन्धमा

१.संस्थागत सहभागिताका लागि रु ५,००० (अक्षरमा पाँच हजार) लाग्नेछ । यसमा १ महिला १ पुरुष गरी २ जना सहभागी गराइने छ ।

२. व्यवसायी तथा किसानी गरिरहेको भए सहभागिता शुल्क रु. २,००० (अक्षरमा दुई हजार) शुल्क तिर्नु पर्नेछ ।
३. कृषि अध्ययनरत तथा नव कृषकलाई काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व भए रु. १,५०० (अक्षरमा एक हजार पाँच सय) र काठमाडौं उपत्यका भन्दा बाहिरबाट भए रु १,००० (अक्षरमा एक हजार) लाग्ने छ ।

४. सहभागी शुल्कमा दुइ दिनको खाना तथा खाजा, सम्मेलनसम्बन्धि सामाग्री तथा प्रकाशनहरु उपलब्ध गराइने छ ।

सहभागिताका लागि खुला आवेदन फारम भोर्नु होस्  !

 आवेदन फारम

 

सम्मलेन मूल आयोजकको सचिवालय

फोर एच नेपाल
अनामनगर, काठमाडौं, नेपाल
फोनः ं९७७ ९८६०९७९४८२

www.4hnepal.org.np

[email protected]

 

 

 

2017 © Designed and Maintained by Madhav